माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

    गोदावरी । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१  वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ । 

    घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए । सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उनले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij