जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

    काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको एक दिने भ्रमणका लागि आइतबार काठमाडौं आउँदैछिन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् ।

    उनले परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । योको आजै स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

    नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ । नेपालस्थित जापानी दूतावासले पनि यो भ्रमणले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij