नाबालिकालाई बचाउन खोज्दा राप्ती नदीमा डुबेर युवतीको मृत्यु

नाबालिकालाई बचाउन खोज्दा राप्ती नदीमा डुबेर युवतीको मृत्यु

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • नाबालिकालाई बचाउन खोज्दा राप्ती नदीमा डुबेर युवतीको मृत्यु

    तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको छ । लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्युभएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् ।

    त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् । मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij