विश्वासको मत लिन बोलाइएको सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

विश्वासको मत लिन बोलाइएको सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • विश्वासको मत लिन बोलाइएको सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि दोस्रोपटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएको छ ।

    प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

    सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै शनिबार लिने तयारी गरिएको थियो ।

    तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र  प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक अनिश्चितकाललाई सारिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij