एकल महिलाको अश्लील भिडियो बनाएर बलात्कार गर्ने एक जना पक्राउ

एकल महिलाको अश्लील भिडियो बनाएर बलात्कार गर्ने एक जना पक्राउ

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • एकल महिलाको अश्लील भिडियो बनाएर बलात्कार गर्ने एक जना पक्राउ

    काठमाडौं । अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक पटक बलात्कार गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन् । 


    अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् । 

    महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार नगरे सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेर पटक–पटक जबरजस्ती करणी गर्नुका साथै करिब ५ करोड रकम समेत लगेको पीडितको दाबी छ ।

    बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय गुरुङ पक्राउ परेपनि प्रहरी हिरासतमा नभई उपचारको लागि भन्दै भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् ।

    पीडक पक्षका वकिलको त्यस्तो भनाइले आफू मानसिकरुपमा विक्षिप्त भएको बताउँदै उनले प्रहरीले कसैको प्रभावमा नपरी न्याय देओस् भन्ने मात्रै आफ्नो सरोकार रहेको दोहोर्याइन् । प्रहरीले गुरुङमाथि अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको छ ।

    निर्माण व्यवसायी समेत रहेका गुरुङले सुरुमा दिदीको नाता लगाएर नजिक भई ठेक्काको काम समेत हात पारेका थिए । पटकपटक घर आएर जबरजस्ती गर्ने र आफ्नो निजी फोटो र भिडियो गोप्य रुपमा खिचेर बारम्बार ब्लाकमेलिङ गरी आफ्नो बदनाम गर्न खोजेपछि न्यायको लागि प्रहरीकहाँ पुगेको जनाइएको छ । ।

    एकल महिलालाई जबरजस्ती करणी गर्ने गुरुङ लुम्बिनी विकास कोषका सल्लाहकार समेत भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij