काठमाडौं । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत बोर्डर सिल गर्न लागेकाले जयनगर–जनकपुर–भंगहा रेलसेवा ३ दिनसम्म बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएको छ । त्यसैले आज रातिदेखिदेखि नै जयनगर–जनकपुर–भंगहा खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द हुने भएको हो ।
इन्डो नेपाल अन्तर्राष्ट्रीय वोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णय अनुसार रेलसेवा तीन दिन बन्द गरिएको सूचनामा उल्लेख छ ।