काठमाडौं महानगरले नि : शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान

काठमाडौं महानगरले नि : शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • काठमाडौं महानगरले नि : शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नि: शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।  महानगरले शनिबार एक सूचनामार्फत निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुन आवेदनका लागि आह्वान गरेको हो । महानगरको सामाजिक विकास विभागको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको हो ।

    शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ । 

    इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

    kathmandu.JPG

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij