काठमाडौं । काठमाडौंमा आइतबारदेखि विभिन्न स्थानमा ६ दिन विद्युत् सेवा आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
नेपाल विद्युत प्राधिकरण, जोरपाटी, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । बैशाख २३ गते फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा विद्युत आपूति बन्द हुने भएको छ भने २४ गते सोल्टी मोडदेखि रविभवन सम्मको क्षेत्रमा विद्युत आपूति बन्द हुने भएको छ ।
त्यस्तै, २५ गते फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा विद्युत आपूति बन्द हुने भएको छ भने २६ गते छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन ।
यसैगरी, २७ गते तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्रमा विद्युत आपूति बन्द हुने भएको छ भने २८ गते ढाल्पाक चोकदेखि राराहिल चोकसम्मको क्षेत्रमा विद्युत् सेवा बन्द हुने सूचनामा उल्लेख छ ।
