सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् वैठकले पहिले रहेको नक्साको सट्टा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको हो । 

    बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

    भारत अधीनस्थ रहेका कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसदले अनुमोदन गरेको थियो ।तर, सयको नोटमा नेपालको नक्सा पुरानै छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij