अनुमति नलिई औषधि बिक्री गर्ने दुई औषधि पसल सिल

अनुमति नलिई औषधि बिक्री गर्ने दुई औषधि पसल सिल

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • अनुमति नलिई औषधि बिक्री गर्ने दुई औषधि पसल सिल

    काठमाडौं । अनुमति नै नलिई औषधि बिक्रीरवितरण गर्दै आएका रामेछापका दुई वटा औषधि पसललाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ ।

    औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको अनुगमन टोलीले हिजो सदरमुकाम मन्थलीमा औषधि पसल तथा अस्पताल अनुगमन गरेको थियो । अनुगमनका क्रममा औषधि बिक्रेताहरूले नागरिकको स्वास्थ्यजस्तो संवेदनशील कुरामा खेलबाड गरी बिक्री गर्न अनुमति नै नलिएका औषधिहरू आफूखुशी बिक्रीरवितरण गर्दै आएको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

    धेरै औषधिहरू स्टोरमा सञ्चय गरी राखेको भेटेपछि दिपसन फार्मेसी र साँकुरा मेडिकल सिल गरेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij