सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जना सिफारिस

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जना सिफारिस

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जना सिफारिस

    काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा.डा. हेमराज पन्त, प्रा.डा.अक्कलदेव मिश्र र प्रा।डा।भवानीदत्त जोशीको नाम सिफारिस गरेको हो ।

    समितिले १२ वैशाखमा उम्मेदवारहरुको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्र्तवार्ता परीक्षा सञ्चालन गरेको थियो ।

    सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदको लागि प्रा.डा. अक्कल देव मिश्र, प्रा।डा।तारादत्त भट्ट, प्रा।डा। धु्रवकुमार गौतम, प्रा.डा.पदमराज जोशी, प्रा.डा.पूर्णबहादुर चन्दले आवेदन दिएका थिए । त्यस्तैगरी प्रा।डा।भवानीदत्त जोशी, प्रा।यज्ञराज पाठक, प्रा।यज्ञराज भट्ट, प्रा।राजेशकुमार ठगुराठी र प्रा.डा.हेमराज पन्तले पनि आवेदन दिएका थिए ।

    समितिले २७ चैतमा विश्वविद्यालय सम्बन्धी सोचपत्र र विश्वविद्यालयको चार वर्षे व्यवसायिक कार्ययोजना पेश गर्न अनुरोध गरेको छ । यसअघि सिफारिस समितिले बनाएको मापदण्ड कडा भएको भन्दै विरोध भएपछि समितिले ६ फागुनमा दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरेको थियो ।

    १२ चैतमा बसेको समिति बैठकले छनोट प्रक्रियालाई निरन्तरता दिँदै १६ चैतको कार्यालय समयभित्र दरखास्त दिन समय अवधि कायम गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालयमा १८ फागुनदेखि उपकुलपति पद रिक्त छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij