वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख बढी रकम चोरी

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख बढी रकम चोरी

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख बढी रकम चोरी

    काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । 

    चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ । ५/६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij