काठमाडौं । सरकारले अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमा भएको व्यवस्था अनुसार स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने प्रणाली लगानी सम्मेलनमा अवसरमा सोमबार कार्यान्वयनमा ल्याएको हो ।
स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्ताको समय र खर्चको बचत हुनेछ । सरकारले यसलाई लगानीको बाताबरण भनेको छ ।
उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने गरि विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको हो । विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आवेदन दिइ लागनी स्वीकृती गरिएको पत्र इमेलमार्फत आवेदन दिन वित्तिकै प्राप्त गर्न सक्ने र सोही आधारमा कम्पनी दर्ता गर्न सक्ने विभागले जनाएको छ ।
विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेस गर्न सकिनेछ । स्वचालित मार्गबाट विदेश िलगानी स्वीकृति गराउन चाहनेले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालमिा लगइन गरी सो प्रणालीले माग गरे बमोजिम विवरण तथा कागजात प्रंणालीमा प्रविष्ट गर्नूपर्नेछ ।
त्यसपछि प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्वर सहितको निजको लगानी स्वीकृत भएको जानकारी दिइने विभागले जनाएको छ ।
विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृत विद्युतीय स्वचालित प्रणालीमार्फत गर्ने प्रक्रिया सुरु गरेको छ ।
यसै प्रक्रियामार्फत कम्पनीसमेत दर्ता गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । तेस्रो लगानी सम्मेलनलाई ध्यानमा राखेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो सुविधा उपलब्ध गराएको हो ।
स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले ऐन तथा नियमावली अनुसार विदेशी लगानीको स्वीकृतिको लािग आवश्यक पर्ने विवरण र कागजात विद्युतीय प्रणालीमार्फत गर्न सकिने सुविधा उपलब्ध गराइएको हो ।
यो प्रणालीमार्फत लगानी सम्मेलनमा ९ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी सूचीकृत भएको छ ।