रहेनन् “माइतीघर”का अभिनेता सीपी लोहनी

रहेनन् “माइतीघर”का अभिनेता सीपी लोहनी

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • रहेनन् “माइतीघर”का अभिनेता सीपी लोहनी

    काठमाडौं । निजी क्षेत्रको पहिलो चलचित्र “माइतीघर” का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको सोमबार निधन भएको हो ।

    उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन् । उनको पार्थिक शरिरलाई आज ३.३० बजे आर्यघाट पुर्‍याइने बताइएको छ ।

    सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो । अभिनेतासँगै गायकसमेत रहेका सिपीको 'माइतीघर' सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए । 

    'माइतीघर' सन् १९६६ मा रिलिज भएको थियो । लोहनी झ्याउरे गीतका जानकार हुन् । उनी ८६ वर्षका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij