इलाम निर्वाचन : ५ हजार मतको अग्रतामा सुहाङ

इलाम निर्वाचन : ५ हजार मतको अग्रतामा सुहाङ

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • इलाम निर्वाचन : ५ हजार मतको अग्रतामा सुहाङ

    काठमाडौं । ​इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता झन् बढेको छ । जारी मतगणनामा सुहाङले १३ हजार मत कटाउँदा झण्डै ५ हजारले फराकिलो बनाएका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ३ सय ८६ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८९ मत प्राप्त गरेका छन् ।

    दोस्रो स्थानमा थेगिम र खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । तर, अहिले खड्काले मतान्तर बढाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ७ सय १३ मत प्राप्त गरेका छन् ।अहिलेसम्म ३२ हजार १ सय ९४ सदर मतगणना भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij