बझाङमा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा, भण्डारी २५ मतले अघि

बझाङमा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा, भण्डारी २५ मतले अघि

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • बझाङमा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा, भण्डारी २५ मतले अघि

    काठमाडौं । प्रदेशसभा १ (१)मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ। एमाले उम्मेदवार दमनबहादुर भण्डारीले पछिल्लो समय मतान्तर बढाएका हुन्।

    २६ हजार ७ सय ८५ सदर मतमध्ये भण्डारीले १० हजार १ सय ४९ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार १ सय २४ मत प्राप्त गरेका छन्।

    तेस्रो स्थानमा माओवादीका जनकबहादुर बुढा छन् । उनले ३ हजार ६ सय ९५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४ सय २७ मत पाएका छन् ।

    एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ। प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९।१२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मत खसेको छ।


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij