‘हाइड्रोलिक’ मा समस्या देखिएपछि रामेछाप उडेको जहाज काठमाडौं फर्कियो

‘हाइड्रोलिक’ मा समस्या देखिएपछि रामेछाप उडेको जहाज काठमाडौं फर्कियो

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • ‘हाइड्रोलिक’ मा समस्या देखिएपछि रामेछाप उडेको जहाज काठमाडौं फर्कियो

    काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान सो घटना भएको हो । 

    हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ । सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्याइएको थियो । यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij