काठमाडौं । इलाम २ को मत गणना गर्दा कांग्रेसका डम्बरबहादुर खड्कालाई पछि पार्दै एमालेका सुहाङ नेम्वाङ अगाडि आएका छन् । यसअघि अगाडिका गणनाको परिणाममा अगाडि रहेका खड्कालाई पछि पार्दै उनले २५४२ मत ल्याएका हुन् ।
उनलाई नेकपा कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । खड्काले २१९७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन् ।