काठमाडौं । शनिबार मतदान भएको इलाम-२ मा मतगणना जारी छ। प्रारम्भिक गणनामा नेकपा एमालेका सुहाङ नेम्वाङ अगाडि देखिएका छन् । १२ सय ९७ मत गन्दा सुहाङले ४५५ मत पाएका छन्।
दोस्रो स्थानमा पहिचानवादी उम्मेदवार डेकेन्द्र थेगिमले ४०१ मत पाएका छन्। तेस्रोमा कांग्रेसका डम्बर खड्काले ३३५ मत ल्याएका छन्। रास्वपाका मिलन लिम्बूले ९६ मत पाएका छन्।
बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो।