बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

    कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिवार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।

    ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

    घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७:३० बजेतिर दुर्घटनामा परेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij