४ हजार भन्दा बढी प्राथमिक शिक्षकलागि जागिर खुल्यो

४ हजार भन्दा बढी प्राथमिक शिक्षकलागि जागिर खुल्यो

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • ४ हजार भन्दा बढी प्राथमिक शिक्षकलागि जागिर खुल्यो

    काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीकालागि ४ हजार ४ सय ६२ शिक्षकको लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले आज विभिन्न समूहमा सातवटै प्रदेशका लागि विज्ञापन खुलाएको हो ।

    खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।

    सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार १ सय ३ जना , कोशीमा १ हजार ७७, गण्डकीमा ८ सय , मधेशमा ५ सय ८, लुम्बिनीमा ४ सय ९५, सुदूरपश्चिममा ३ सय २ र कर्णालीमा १ सय ७७ जनाका लागि आवेदन खुलेको सूचनामा उल्लेख छ ।

    योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

    दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij