राप्रपाका नेता श्रेष्ठमाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा

राप्रपाका नेता श्रेष्ठमाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • राप्रपाका नेता श्रेष्ठमाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका निराजन बम रिहा भएका छन् । राप्रपाका कार्यकर्ता उनी बिहीबार पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि उनी शुक्रबार रिहा भएका हुन् । 

    कालिकोटको तलाताँ गाउँपालिका वडा नम्बर घर भई काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय बमलाई बिहीबार प्रहरीले पक्राउ गरेर वृत्त महाराजगन्जमा राखेको थियो । उनी पक्राउ परेपछि राप्रपाका केही नेताहरूले रिहाइका लागि दौडधूप गरेका थिए । 

    बमसहितका ५ जनाले आफूलाई गत फागुनमा पार्टी कार्यालयमै आक्रमण गरेको भन्दै श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij