काठमाडाैं । इलाम-२ मा चुनावी मैदानमा रहेका प्रमुख चार उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र रास्वासहित पहिचानवादी समूहका उम्मेदवारले मतदान गरेका हुन् ।
एमालेका सुहाङ नेम्वाङले महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरे । कांग्रेसका डम्बर खड्काले पनि सुहाङले भोट हालेकै मतदान केन्द्र इलाम बजारस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गरे ।
त्यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आवि मतदान केन्द्रबाट भोट हालेका छन्।
त्यस्तै पहिचानवादी तर्फका उम्मेदवार डकेन्द्र थेगिमले पनि मतदान गरेका छन् । फाकफोथुम गाँउपालिका सिंहदेवी मावि आमचोक केन्द्र पुगेर उनले भोट हालेका हुन् ।
इलाम-२ मा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ १९ जना चुनावी मैदानमा उत्रिएका छन् ।