सहकारी प्रकरणमा मुछिएका दीपेश पुन ४ लाख धरौटी बुझाएर रिहा

सहकारी प्रकरणमा मुछिएका दीपेश पुन ४ लाख धरौटी बुझाएर रिहा

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • सहकारी प्रकरणमा मुछिएका दीपेश पुन ४ लाख धरौटी बुझाएर रिहा

    काठमाडौं । सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धरौटी रकम जम्मा गरी रिहा भएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि शुक्रबार पुन धरौटी रकम जम्मा गरेर रिहा भएका हुन् । जिल्ला अदालत रुपन्देहीमा चार लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    गएको शुक्रवार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना शुक्रवार नै छुटेका थिए । तर धरौटी बुझाउन नसकेपछि पुन कारागारमा थिए । उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।

    यसैबीच प्रहरीले सुन तस्करी प्रकरणमा छानबिन गर्न सीआईबीको जिम्मा लगाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij