सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६९औँ वार्षिकोत्सवको अवसरमा गतवर्ष सबैभन्दा धेरै रेमिट्यान्स ल्याउने बैंक र रेमिट कम्पनीलाई सम्मानित गरेको छ।  बैंकले ३ बैंक र ३ रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको हो । 

    धेरै रेमिट्यान्स भित्र्याएर सम्मान हुने बैंकहरूमा ग्लोबल आईएमई बैंक, हिमालयन र नेपाल एसबीआई छन् । सो आर्थिक वर्ष कुल रेमिट्यान्समा ग्लोबलले २१.१ प्रतिशत, हिमालयनले २०.६ र नेपाल एसबीआईले १९.१ प्रतिशत भित्र्याएको राष्ट्र बैंकको तथ्यांक छ । 

    त्यस्तै धेरै रेमिट्यान्स कम्पनीहरूमा आईएमई, सीटी एक्स्प्रेस र ईसेवा मनी सम्मानित भएका छन् । आईएमईले २७.५, सीटीले १४.९ र ईसेवाले १२.१ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् । 

    यस्तै राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा संचालक कम्पनी इसेवा र भुक्तानी प्रणाली सेवा प्रदायक खल्तीलाई पनि धेरै रेमिट्यान्स भित्र्याएको भन्दै सम्मान गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij