प्रहरीका ६ एसएसपी सरुवा : काठमाडौंमा रजौरे, उपत्यका अपराध अनुसन्धानमा भट्टराई

प्रहरीका ६ एसएसपी सरुवा : काठमाडौंमा रजौरे, उपत्यका अपराध अनुसन्धानमा भट्टराई

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • प्रहरीका ६ एसएसपी सरुवा : काठमाडौंमा रजौरे, उपत्यका अपराध अनुसन्धानमा भट्टराई

    काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयले एसएसपीहरूको सरूवा गरेको हो ।

    जसअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी वसन्त रजौरे जिल्ला प्रहरी परिसर काठमाडौंमा सरूवा भएका छन् । प्रहरी परिसर काठमाडौंका प्रमुख तथा भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरूवा भएको छ ।

    उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij