काठमाडौं । सरकारले २८ जना सहसचिवहरूको सरुवा भएको गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
यसरी सरुवा हुनेमा देवराज जोशी, लिला प्रसाद शर्मा, बाबुराम अधिकारी, राजेश गौतम, चन्द्रकला पौडेल, रमेश न्यौपाने, रुद प्रसाद अधिकारी, शैलेश कुमार झा, तारा दत्त भट्ट, प्रम कुमार सिंह, जक्की अहमद अन्सारी र विपिन राजभण्डारी रहेका छन् ।
त्यस्तै, दिपक कुमार दास, चक्र बहादुर बुढा, डा. प्रविन श्रेष्ठ, विरेन्द्र दव भारती, नरेन्द्र कुमार राना, रेखा दास, संगीता ओझा, रमेश शर्मा पौडेल, विष्णु प्रसाद पौडेल, लक्ष्मी प्रसाद निरौला, रामकृष्ण लामिछाने, इन्दु घिमिरे, गजेन्द्र कुमार ठाकुर, नेत्र प्रसाद सुबेदी, बाबराम गौतम र प्रकाश दाहाल रहेका छन् ।
यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।
यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।