पूर्व मन्त्री रायमाझीसहित ७ जनालाई थुनामा राख्ने सर्बोच्चको आदेश

पूर्व मन्त्री रायमाझीसहित ७ जनालाई थुनामा राख्ने सर्बोच्चको आदेश

शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • पूर्व मन्त्री रायमाझीसहित ७ जनालाई थुनामा राख्ने सर्बोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ ।

    यसैगरी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णयलाई पनि सर्बोच्चले सदर गरेको छ ।

    न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शेर्पालाई  भने ३० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । यसैगरी, समशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । अर्का अभियुक्त गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको छ ।

    सर्बोच्चले केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई पनि थुनामा नै पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij