उपनिर्वाचनका लागि करिब २४ सय प्रहरी परिचालन गरिने, इलाममा मात्रै १३ सय बढी खटाइने

उपनिर्वाचनका लागि करिब २४ सय प्रहरी परिचालन गरिने, इलाममा मात्रै १३ सय बढी खटाइने

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • उपनिर्वाचनका लागि करिब २४ सय प्रहरी परिचालन गरिने, इलाममा मात्रै १३ सय बढी खटाइने

    काठमाडौं । वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको सुरक्षाका लागि करिब २४ सय प्रहरी परिचालन गरिने भएको छ । प्रहरीले बिहीवार पत्रकार सम्मेलन आयोजन गरी उपनिर्वाचनको सुरक्षाका लागि २ हजार ३ सय ८७ प्रहरी खटाइने जानकारी दिएको हो । 

    उपनिर्वाचन सुरक्षाका लागि इलाममा १ हजार ३६३ र बझाङमा १०२४ जना प्रहरी परिचालन गरिने जानकारी प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । 

    उनले मतदान स्थलको अवस्थाका आधारमा उल्लिखित संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिए । जसअनुसार सामान्य मतदान केन्द्रमा ८ देखि १३ जना, संवेदनशील मतदान केन्द्रमा ९ देखि १४ जना र अतिसंवेदनशील मतदान केन्द्रमा १२ देखि १७ जना सुरक्षाकर्मी खटाइने डिआइजी ढुंगेलले बताए ।

    इलाममा ३९ मतदानस्थल सामान्य, २१ संवेदनशील र १९ मतदानस्थल अतिसंवेदनशील रहेको डिआइजी ढुंगेलले जानकारी दिए । त्यस्तै ११ वटा मोबाइल गाडीमा ७७ जना प्रहरी परिचालन गरिनेछ ।  

    त्यस्तै, बझाङको उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभा १ को प्रदेश सभा १ म २७ मतदानस्थल  समान्य २४ मतदानस्थल संवेदनशील र २३ मतदानस्थल अतिसंवेदनशील छन् । त्यहाँ १५ वटा मोबाइल गाडीमा १०५ जना सुरक्षाकर्मी परिचालन गरिने पनि डिआजी ढकालले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij