धनुषामा स्थानीय र प्रहरीबिच झडप हुँदा ३ प्रहरी घाइते, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषामा स्थानीय र प्रहरीबिच झडप हुँदा ३ प्रहरी घाइते, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • धनुषामा स्थानीय र प्रहरीबिच झडप हुँदा ३ प्रहरी घाइते, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

    काठमाडौं । धनुषाको औरही गाउँपालिका—१ पौडेसरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । दुई गाउँका युवायुवतीबीचको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच विवाद उत्पन्न हुँदा झडप भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । उक्त प्रदर्शनका क्रममा स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीका २ र सशस्त्र प्रहरीका १ जना जवान घाइते भएका छन् ।

    स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरिएको धनुषा प्रहरीले जनाएको छ ।

    १० दिनअगाडि दुई युवती अपहरणमा गरे पनि प्रहरीले खोजी नगरेको आरोप स्थानीयको रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij