१६ औं योजनाको मस्यौदा तयार, समृद्धिका ४० राष्ट्रिय लक्ष्य समावेश (पूर्णपाठ)

१६ औं योजनाको मस्यौदा तयार, समृद्धिका ४० राष्ट्रिय लक्ष्य समावेश (पूर्णपाठ)

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • १६ औं योजनाको मस्यौदा तयार, समृद्धिका ४० राष्ट्रिय लक्ष्य समावेश (पूर्णपाठ)

    काठमाडौं । सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्म गरि पाँच वर्षमा कार्यान्वयन हुने योजनाको मस्यौदा तयार गरेको हो । 

    आउँदो साउनदेखि कार्यान्वयनमा आउने सो योजनाको अन्तिम वर्ष २०८५/८६ मा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन हालको १४९५ बाट २३८१ र प्रतिव्यक्ति आय हालको १४१० बाट २४१३ अमेरिकी डलर पुर्‍याउने लक्ष्य योजनामा राखिएको छ ।

    योजना अवधिको पाँच वर्षमा औषत आर्थिक वृद्धिदर ६.६ प्रतिशत हुने आयोगले अनुमान गरेको छ । २०८५/८६ सम्म नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) आधार मूल्यमा ९१ खर्ब ३३ अर्ब पुग्ने प्रक्षेपण पनि सरकारले गरेको छ ।

    योजनाका लक्ष्य हासिल गर्न पाँच वर्षमा कूल १ नील ४० ४० खर्ब ९८ अर्ब रुपैयाँ आवश्यक लगानी हुने आयोगले जनाएको छ । आयोगले उक्त मस्याैदा बिहीबार बसेको राष्ट्रिय विकास परिषद्को बैठकमा छलफलका लागि पेश गरेकाे छ । 

    योजनामा सुशासनका १०, सामाजिक न्यायका १० र समृद्धिका २० गरी ४० लक्ष्य निर्धारण गरिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij