कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले गुरुङलाई निलम्बन गर्नेसम्बन्धी संसद सचिवालयको सूचना बदर गर्ने आदेश दिएपछि उनको निलम्बन फुकुवा भएको हो । 

    भ्रष्टाचार मुद्दा खेपिरहेका बेला गुरुङ २०७९ को आम चुनावमा कांग्रेसको टिकटमा मनाङबाट निर्वाचित भएका थिए । उनी निर्वाचित भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार संसद सचिवालयले २०७९ पुस १२ मा उनी निलम्बन भएको सूचना प्रकाशित गरेको थियो । सर्वोच्चले सो निलम्बनसम्बन्धी सूचना बदर गर्न आदेश दिएको हो । 

    विशेष अदालतले भ्रष्टाचार मुद्दामा उनलाई दाेषी ठहर गर्दै आर्थिक जरिवाना गरेकाे थियाे तर जेल सजाय दिएकाे थिएन । सर्वोच्चको आदेशपछि स्वयम् गुरुङले आफ्नो निलम्बन फुकुवा गर्न संसद सचिवालयमा निवेदन दिएका थिए । 

    गुरुङले अब संसदीय कारबाहीमा नियमित भाग लिनेछन् भने उनले सांसदको हैसियतले पाउने सबै सु्विधा पनि पाउनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij