काठमाडौं । महोत्तरीको मठिहानी नगरपालिका–६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ ।
अहिले आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ । बस्तीमा रहेका प्रायः घरधुरीमा रहेको अन्न, लुगाफाटा आगलगीमा जलेर नष्ट भएको छ ।
त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । अहिले घटना स्थलमा पुगेर स्थानीयको साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूको व्यापक उपस्थितिमा आगोलागी नियन्त्रण गर्ने प्रयास जारी छ।