काठमाडौं । इलाम र बझाङमा हुुने उप निर्वाचन अन्तर्गत आज अन्तिम चुुनावीसभा हुुंदैछन् । चुुनाव जित्न अन्तिम कसरतमा रहेका दलहरुले आज अन्तिम चुुनावीसभाको आयोजना गर्दैछन् ।
आजै राति १२ वजेदेखि मौन अवधि शुरु हुंने भएकाले मतदातालाई प्रभावमा पार्न दलहरुले आज बिभिन्न स्थानमा चुुनावीसभाको आयोजना गरेका हुुन् । चुनावी सभाका लागि केन्द्रीय स्तरका आधा दर्जनबढी नेताहरु इलाम पुुगेका छन् ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा रहेका छन् ।