फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

    काठमाडौं । सशस्त्र प्रहरीले फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरेको छ । मंगलबार दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेको डुंगा दुर्घटनामा परेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

    काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षिया आशिफा भानु, ५४ वर्षिया अनैजा दिल शाह, ८ वर्षिया रजिना खातुन र करीव डेढ वर्षिया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

    यसअघि चैत २५ र २९ गते पनि फेवातालमा एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो। त्यतिबेला पनि सशस्त्र प्रहरीले एक महिला र पुरूषलाई सकुशल उद्धार गरेको हो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij