एक बर्षमा १८४ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण

एक बर्षमा १८४ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • एक बर्षमा १८४ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण

    भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव मंगलबार  सम्पन्न भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा एक वर्ष भरी केन्द्रले गरेका प्रगति विवरण कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाका माननीयद्वय प्रेम सुवाल र दुर्लब थापाले मानब अंग प्रत्यारोपण केन्द्रको विकास र विस्तारमा आफूहरू सधैँ प्रतिवद्ध रहेको बताए । केन्द्रको लागि आवश्यक जग्गा तथा भौतिक पूर्वाधार लगायतका विषयमा सदन र सरकारमा आवज उठाउने वचन दिदै सांसदद्वयले केन्द्रले गरेको कामको प्रसंशा गरे । 

    hotc.jpg

    कार्यक्रममा विरामीको प्रतिनिधित्व  गर्ने मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मृगौला पिडित सरोकार समाजका संस्थापक अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीले विरामीको उपचारमा पु¥याएको सेवा र सहयोगको उच्च सम्मान गरे । स्थापना भएको १२ वर्षमा १२०० जना भन्दा बढीको मृगौला प्रत्यारोपण गरि नयाँ जीवनदान दिएकोमा श्रेष्ठले केन्द्रलाई धन्यवाद दिए । १२ वर्षको छोटो अवधिमानै मानिसलाई नयाँ जीवनदान दिएर उल्लेख्य काम गर्न सफल भएको केन्द्रले थोरै समयमा सफलताको लामो फड्को मारेको उनीहरुले दाबी गरे । केही समययता स्वास्थ्य संस्थामाथि पनि राजनीतिको छाप पर्न गएको भन्दै केन्द्रलाई राजनीति गर्ने थलो बनाउन नहुने धारणा उनीहरुले व्यक्त गरेका थिए । संस्थाकाबारेमा नकारात्मक, भ्रामक समाचार अभिव्यक्तीले विरामीको उपचारमा समेत असर पर्ने हुँदा त्यसका विरुद्द जस्तो सुकै प्रतिकारमा उत्रन सक्ने र केन्द्रले गरेका राम्रा कामका सधै प्रशंसा गर्ने उनीहरूले बताए । 
     
    कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र छाेटाे समयमा केन्द्रले उचाई चुमेकाे बताउँदै  संभव भएको कुरा बताउँदै २०८० बैशाख देखि चैत्र मसान्त सम्म १८४ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको बताए । केन्द्रको नाममा एक इन्च पनि जग्गा र भवन नहुदा थप सेवा बिस्तार गर्न असहज भएको बताउँदै डा. श्रेष्ठले केन्द्रका लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सम्बन्धित सबैमा अनुरोध गरे ।

     भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले केन्द्रले उत्कृष्ट सेवा प्रदान गरिरहेको र आगामी दिनमा अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने विस्वास व्यक्त गरिन् ।

    hotc 2.jpg

    कार्यक्रममा बोल्दै अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले  केन्द्रले प्रत्यारोपण क्षेत्रमा स्थापनाको १२ वर्षमानै यति ठूलो प्रगति गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा केन्द्रलाई सहयोग गर्ने सबैलाई  धन्यवाद व्यक्त गरे । केन्द्रको विकासको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिवद्द रहेको कुरा डा. सिहकाे भनाइ थियाे । साेहि अवसरमा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये  २०८० सालमा उत्कृष्ट सेवा गरे बापत सिनियर रजिष्ट्रार युरोलोजिष्ट तथा मृर्गौला प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठलाई सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विरामीहरुको तर्फबाट झमक श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पना कुमारी श्रेष्ठलाई सम्मान गरेका थिए  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij