उच्च तापक्रम र तातो हावाले तराईको जनजीवन कष्टकर

उच्च तापक्रम र तातो हावाले तराईको जनजीवन कष्टकर

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • उच्च तापक्रम र तातो हावाले तराईको जनजीवन कष्टकर
    काठमाडौं । एक सातायता तराईमा तापक्रम बढेसंगै जनजीवन प्रभावित हुन थालेको छ । जल तथा मौसम बिभागका अनुसार पछिल्ला दिनमा तराईको तापक्रम बढेर ४४ डिग्रीसम्म पुगेको छ । तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा लू चल्दा जनजीवन कष्टकर बन्दै गएको जनाइएको छ ।
     
    बिहान बेलुका स्थानीय निश्किएपनि दिउँसो घरबाहिर निस्कन नसक्ने अवस्था रहेको बताइएको छ । स्थानीय बनमा डंडेलो लाग्ने क्रम बढेका कारण जनजीवन थप प्रभावित भएको छ । गर्मी बढ्दै जाँदा सडक चौक सुनसान हुँदै गएका छन् भने अस्पतालमा बिरामीको चाप बढेको छ ।
     
    गर्मी बढेपछि स्थानीयवासीको दैनिकीमा समस्या आएको छ । चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त छ । तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।
     
    बिभागका अनुसार पछिल्लो समय बिराटनगर, जनकपुर, बिरगंज, भैरहवा, नेपालगंज, धनगढी लगायतका तराईका शहरको तापक्रम ४० डिग्री माथि रहेको  । भैरहवाको भीम अस्पताल गर्मीका कारण बिरामीको चाप बढेको छ ।
     
    सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने अस्पतालमा अहिले सात सयको हाराहारीमा बिरामी आएको अस्पतालका प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले बताए । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij