यी परिचयपत्र देखाएर हाल्न पाइन्छ उपनिर्वाचनमा भोट

यी परिचयपत्र देखाएर हाल्न पाइन्छ उपनिर्वाचनमा भोट

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • यी परिचयपत्र देखाएर हाल्न पाइन्छ उपनिर्वाचनमा भोट

    काठमाडौं । वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा ६ प्रकारको परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ । प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगले मतदाता परिचयपत्रसहित अन्य ५ प्रकारका परिचय पत्रमध्ये जुनसुकै देखाएर पनि मतदान गर्न सकिने बारे बताएको हो । 

    इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर दुई र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभाका लागि हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी अनुमति पत्रको सक्कल प्रमाण देखाएर मतदान गर्न सकिने आयोगले जनाएको छ । 

    मतदाता नामावलीमा नाम भएका नागरिकहरुले परिचय खुल्ने किसिमका उल्लेखित प्रमाणपत्र देखाई मतदानमा भाग लिनसक्ने आयोगले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij