सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाश बहादुरविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाश बहादुरविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाश बहादुरविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

    काठमाडौं ।  सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाशबहादुर चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले सोमबार विशेष अदालतमा नं. ३६ गण हेडक्वाटर डोटी दरबन्दी भएका चन्दविरुद्ध मुद्दा दायर गरेको हो । 

    चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन युपीबाट लिएको हाइस्कुलको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाएको अख्तियारको भनाइ छ ।

    उक्त शैक्षिक प्रमाणपत्र पेश गरी परिचर पदमा भर्ना भई माथिल्लो पदका लागि समेत सोही प्रमाणपत्र पेश गरी इन्सपेक्टरसम्म भई सेवा सुविधा लिई भ्रष्टाचार गरकेो दाबी गर्दै मुद्दा दायर गरेको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij