आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

    काठमाडौं ।  गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षीइ रेखबहादुर परियार रहेका छन् । 

    आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।  परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएको थिए । 

    आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ । गुल्मीमा पछिल्लो एक सातामा आगलागीबाट झण्डै १०० घरगोठ र त्यत्तिकै संख्यामा पशु चौपाया मरेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij