माताको भेषमा मूर्ति र घण्टी चोरी, तीन महिला पक्राउ

माताको भेषमा मूर्ति र घण्टी चोरी, तीन महिला पक्राउ

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • माताको भेषमा मूर्ति र घण्टी चोरी, तीन महिला पक्राउ

    काठमाडौं । प्रहरीले दाङको तुलसीपुर-१९ छिल्लिीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन् । माताको भेषमा गएर मूर्ति चोरी गर्ने तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो ।

    तीनै जनाले आफूहरूलाई माता भन्दै भगवानले घण्टी माग गरेकाले मन्दिरबाट मूर्ति र घण्टी उठाएको बताएका छन् । उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij