पारिश्रमिक नबढाए एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी

पारिश्रमिक नबढाए एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • पारिश्रमिक नबढाए एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी

    काठमाडौं । विभिन्न शिक्षक संगठनहरूले पारिश्रमिक नबढाए माध्यमिक शिक्षा परीक्षा(एसइई)को उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन,एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघले राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

    SEE answersheet.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij