शुक्लाफाँटामा १० महिनाको अवधिमा एक करोड राजस्व सङ्कलन

शुक्लाफाँटामा १० महिनाको अवधिमा एक करोड राजस्व सङ्कलन

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • शुक्लाफाँटामा १० महिनाको अवधिमा एक करोड राजस्व सङ्कलन

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को हालसम्म १ करोड ९३ हजार ६ सय २८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

    नगरपालिकाको राजस्व शाखाका प्रमुख लोकराज भट्टका अनुसार सम्पत्ति करबाट  १० लाख २ सय ८१ रुपैयाँ, भूमिकर १४ लाख १४ हजार ९ सय ६३ रुपैयाँ, बहाल कर १५ लाख ५९ हजार १ सय ५९ रुपैयाँ, बहाल विटौरी कर २ लाख ४८ हजार ७ सय ७७ रुपैयाँ, व्यवसाय कर १२ लाख ५ हजार ९ सय ६१ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    यसैगरी, अन्य करबापत ६२ हजार ६ सय ५६ रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय २ लाख ३१ हजार ७ सय ५० रुपैयाँ, रोयल्टीबापत १ लाख ३० हजार १ सय ४२ रुपैयाँ, अन्य सेवा शुल्क ४ हजार २० रुपैयाँ, न्यायिक दस्तुर ३ हजार रुपैयाँ, नक्सापास दस्तुर ३ लाख २१ हजार ३ सय ८० रुपैयाँ, सिफारिस  १८ लाख २ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    योसँगै व्यक्तिगत घटना दर्ता दस्तुर ४ लाख १ हजार ३ सय १० रुपैयाँ, नाता प्रमाणित दस्तुर ३६ हजार ५ सय ४८ रुपैयाँ, अन्य दस्तुर ८ लाख ८७ हजार ६ सय ३६ रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबापत २ लाख ५५ हजार रुपैयाँ, अन्य राजस्व २ लाख ३४ हजार ६ सय ३३ रुपैयाँ र बेरुजुबापत २ लाख ९६ हजार १ सय २५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    सङ्कलित राजस्वमा नगरपालिकाका १२ वटै वडाबाट ४२ लाख ४९ हजार ४ सय ९२ रुपैयाँ र नगरपालिका कार्यालयबाट ५८ लाख ४४ हजार १ सय ३६ रुपैयाँ रकम रहेको शाखा प्रमुख भट्टको भनाइ छ । करका दायरा फराकिलो बनाउँदै राजस्व सुधार कार्ययोजना तयार गरी आन्तरिक आय वृद्धि गर्न विशेष अभियान सञ्चालन गरिन लागेको शाखा प्रमुख भट्टले बताए ।
     
    “नगरभित्र रहेका दिगो र भरपर्दो कर योग्य क्षेत्रको पहिचान गरी करदाता अनुकूल कर निर्धारण गरेर करको दायरा फराकिलो बनाउन आगामी योजनामा समावेश गर्दैछौँ”, नगर उपप्रमुख कल्पना पन्तले भने, “वडास्तरबाटै सम्पूर्ण कर विद्युतीय प्रणालीमार्फत सङ्कलन गरिने व्यवस्था गर्दैछौँ ।”

    कर प्रणालीलाई सरल, सहज, नागरिकमैत्री बनाइने उल्लेख गर्नुहुँदै उनले प्रत्येक वडामा कर अभियान सञ्चालन गरी कर सङ्कलनमा सहजता ल्याइने बताए । नगरपालिको आन्तरिक आय न्यून भएकाले नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) वन पैदावरजन्य प्राकृतिक स्रोतको बिक्रीवितरणबाट राजस्व अभिवृिद्ध गर्न रणनीतिकरुपमा अगाडि बढ्ने योजना रहेको चर्चा गर्नुहुँदै उहाँले नगरपालिका क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने नीति अवलम्बन गरिने बताए । 

    उनका अनुसार करको दायरामा परी कर तिर्न अटेर गर्नेलाई दण्ड जरिवाना तथा नियमित कर तिर्नेलाई सम्मान तथा पुरस्कृत हुने व्यवस्था मिलाइनेछ । व्यवसाय दर्ता गरेर लामो समयबाट सञ्चालनमा नरहेका अवस्थाका व्यवसायीको लगत लिइ व्यवस्थापन गरिनेछ । राजस्व सुधार कार्ययोजनालाई कार्यान्वयन गर्दै राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुहुँदै उहाँले आन्तरिक राजस्व वृद्धिमा उल्लेख्य योगदान गर्ने कर्मचारी र करदातालाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरिने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij