मध्यपुर थिमिले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

मध्यपुर थिमिले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • मध्यपुर थिमिले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले करारमा नगरप्रहरी भर्ती गर्न लागेको छ। सोमबार सूचना प्रकाशन गर्दै नगरपालिकाले १२ जना नगरप्रहरीको पदपूर्तिका लागि दरखास्त मागेको हो।

    नगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, एक जना नगर प्रहरी सहायक निरीक्षक  र १० जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपालीले २१ दिनभित्र नगर कार्यपालिकाको कार्यालयमा उपस्थित भई दरखास्त बुझाउन सक्नेछन्।

    दरखास्त शुल्क नगर प्रहरी निरीक्षकका लागि एक हजार, सहायक निरीक्षकका लागि सात सय र जवानका लागि तीन सय रूपैयाँ तोकिएको छ। नगर प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भई २४ वर्ष ननाघेको र स्नातक तह वा सोसरह उत्तिर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

    प्रहरी निरीक्षक वा सो सरहको पदबाट पूर्व जनपथ र सशस्त्र प्रहरी वा नेपाली सेनाबाट अवकाश प्राप्तको हकमा भने ४४ वर्ष ननाघेको हुनुपर्ने छ।

    Capture.JPG

    Capture 1.JPG

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij