काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालको अवस्था अहिले सामान्य बनेको छ । आइतबार बिहान वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बूढीगण्डकी नदीमा पानीको सतह बढेको थियो भने सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको थियो । तर अहिले अवस्था निकै सामान्य रहेको र कोही पनि आत्तिनुनपर्ने गाउँपालिकाले प्रेस विज्ञप्तीमार्फत् जनाएको छ ।
बिहान तालको पानी छचल्किँदा स्थानीय खोला र बूढीगण्डकीमा सामान्य बाढी आएपछि जिल्ला प्रशासन कार्यालय गोरखा र गृह मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेका थिए ।
