प्रभु हेलिकप्टरका पाइलट शेर्पा निलम्बित

प्रभु हेलिकप्टरका पाइलट शेर्पा निलम्बित

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • प्रभु हेलिकप्टरका पाइलट शेर्पा निलम्बित

    काठमाडौं । काठमाडौं नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका पाइलट क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

    प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ । 

    क्याप्टेन शेर्पाले केही महिनाअघिको गोसाइँकुण्ड उडानका क्रममा यात्रुलाई ककपिटमा राखेको र निषेधित गतिविधि गरेपछि प्राधिकरणले एक्सन लिएको बुझिएको छ । क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij