जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु

जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु

    डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो ।

    मूल्य अभिवृद्धि करसहित ६ करोड रुपैयाँमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिनुभयो । धावनमार्गको १ सय ८५ मिटर मर्मत गरिएको हो । 

    धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij