काठमाडौं । गोरखाको चुमनुब्री गाँउपालिकाको मनास्लु क्षेत्रमा रहेको बीरेन्द्र तालमा हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बढी आएको छ ।
बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको प्रहरीले जनाएको छ । स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।
सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो । २०७१ सालमा पनि वीरेन्द्र तालमा हिम पहिरो खसेर बाढी आउँदा सामागाउँ–साम्दो जोड्ने पुल बगेको थियो ।
तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताइएको छ । बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको छ ।
हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रतावाट हिम पहिलो मिसिदा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।
बिहान पौने नौ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्। ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ।
बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।