भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुर । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । शनिवार करिव साढेतीनवजे जिल्लाको चाँगुनारायण नगरपालिका –४ साङदहमा घर नजिकै खेल्न निश्किएकी १४ वर्षीया बालिकालाई बाघले आक्रममण गरी घाईते बनाएको हो ।

    घाइृते हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका –९ पलासे घर भई हाल साङदहस्थित मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतकी १४ वर्षिया छोरी चयन बस्नेत रहेको प्रहरीले जनाएको छ । घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडिमा रहेको बाघले आक्रमण गरेको बताइएको छ ।

    घाईते बस्नेतलाई उपचारका लागि चाँगुनारायण नगर अस्पताल लगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि टेकु अस्पताल काठमाण्डौं पठाइएको प्रहरी परिसर भक्तपुुरले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij