संखुवासभामा भाइको कुटपिटबाट दाइको मृत्यु

संखुवासभामा भाइको कुटपिटबाट दाइको मृत्यु

शनिवार, बैशाख ८ २०८१
शनिवार, बैशाख ८ २०८१
  • संखुवासभामा भाइको कुटपिटबाट दाइको मृत्यु

    काठमाडौं । संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–३ इथुम्बुमा ४० वर्यका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    मृतक सनमान राई कान नसुन्ने र बोलीसमेत नआउने अपांगता भएका व्यक्ति हुन् । प्रहरीका अनुसार दाजुभाइबीच आँगनमा राखेको दाउराको विषयमा विवाद भएको थियो ।

    घटनापछि प्रहरी चौकी बाह्रबिसेबाट खटिएको टोलीले कुटपिटमा संलग्न प्रवीण राईलाई पक्राउ गरेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij